आज थप २६५ जनामा कोरोना पुष्टि, ३५७ संक्रमणमुक्त
२० मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ७ हजार १ सय १४ जनाको पिसिआर परिक्षण गर्दा जम्मा २३८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, १ हजार ५०३ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा २७ जनामा एन्टिजेन संक्रमण देखिएको छ । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार ४४९ पुगेको छ ।
यसैबीच, बितेको २४ घण्टामा थप ३ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससहित हालसम्म नेपालमा संक्रमणमुक्त हुनेहरुको कुल संख्या ८ लाख ४ ९ सय १ पुगेको छ ।
हाल नेपालमा ६ हजार ३८६ सक्रिय संक्रमित रहेका छन् ।






