सर्लाहीमा १४ वर्षीया बालिका बलात्कृत

   २० मंसिर २०७८, सोमबार १२:४५  

२० मंसिर, रौतहट । सर्लाहीमा आज बिहान एक १४ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छिन् ।

जिल्लाको बलरा नगरपालिका वडा नम्बर ४ मा सोही नगरपालिका ५ बस्ने मुस्लिम समुदायकी १४ बर्षीया बालिका आज बिहान दाउरा खोज्न गएकी बेला बलात्कृत भएकी छिन् ।

करणीमा ४ जना संलग्न भएपनि दुई जनाले मात्रै बलात्कार गरेको भन्दैँ सर्लाहीका एसपी कृष्ण प्रसाईले अन्य २ जना निर्दाेष रहेको जिकिर गरेका छन् । हाल बलातकृत भएकी बालिकालाई मेडिकल जाँचको लागि पठाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पक्राउ परेका दुवै जनाको नाम सार्वजनिक गर्न एसपी प्रसाईले अस्वीकार गरेका छन् ।