माछा मार्न गएका व्यक्तिको शव फेला

   २० मंसिर २०७८, सोमबार १२:२२  

२० मंसिर, रौतहट । झापाको गौरीगंगा गाउँपालिकामा माछा मार्न गएका पुरुषको खोलामा डुबेर मृत्यु भएको छ ।

गौरीगंज गाउँपालिका वडा नम्बर २ पिण्डानघुटुस्थित खोलामा माछा मार्न गएका सोही गाउँपालिका १ का ३८ वर्षीय भिम सोरेनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार बेलुका माछा मार्न गएका सोरेन आइतबार बिहानसम्म घर नफर्किएपछि प्रहरीलाई खबर गरिएको थियो ।

खबर गरेपछि प्रहरीको टोलीले खोज्ने क्रममा आइतबार दिउँसो शव खोलामा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।