जुवाखालबाट ८ जना पक्राउ

   १९ मंसिर २०७८, आईतवार १२:४३  

१९ मंसिर, रौतहट । जुवाखालबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका ४ डाँछी बस्ने सिन्धुली घर भएकी ४३ वर्षीया पार्वती मगरले डाँछीमा संचालन गरेको चिया पसल अगाडि तास खेलिरहेको अवस्थामा मगर लगायत ८ जनालाई शनिबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चिया पसल अगाडि जुवातास खेलिरहेको खबर पाएलगत्तै महानगरीय प्रहरी प्रभाग थलीबाट खटिएको टोलीले उनीहरुलाई हिरासतमा लिएको थियो । प्रहरीले उनीहरुको साथबाट ३३ हजार ८ सय ८० रुपैयाँ र १ बुक तास समेत बरामद भएको जनाए ।

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।