सवारी दुर्घटना हुँदा एकको मृत्यु, ५ जनाको अवस्था गम्भीर
१८ मंसिर, रौतहट । आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पर्वतको कुश्मा नगरपालिका ८ चुवाको पराधिमा शनिबार बिहान पोखराबाट पर्वततर्फ आउँदै गरेको ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को२त ६४२७ नम्वरको ट्याक्टरलाई ठक्कर दिँदा उदयपुरको चौवन्दी गाउँपालिकाका १८ वर्षीय विशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने उनीहरुमध्ये पाँच जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार १४ जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पर्वत र गम्भीर घाइतेलाई पोखरा पठाइएको छ । बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा मध्यपहाडी लोकमार्गका मजदुर सवार थिए । घटनाबारे आवश्यक थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।






