अध्यक्ष पदमा ओली पून: बहाली

   १७ मंसिर २०७८, शुक्रबार १३:५५  

१७ मंसिर, रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पून: अध्यक्ष पदमा पदबहाली गरेका छन् ।

चितवनको सौराहामा भएको १० औँ राष्ट्रिय महाधिवेशनको निर्वाचनबाट १८३७ मतसहित अध्यक्षमा निर्वाचित भएका ओलीले पार्टी कार्यालय थापाथली पुगेर पदबहाली गरेका हुन् ।

अध्यक्ष ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कार्यालय सचिव शेरबहादुर तामाङलगायतले पार्टी कार्यालयमा स्वागत गरेको स्रोतले जनाएको छ ।