घूस लिँदै कार्यालय प्रमुख र अमिन अख्तियारको नियन्त्रणमा
१५ मंसिर, रौतहट । घुस लिएकै अवस्थामा चितवनमा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् ।
मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानग।पालिका २० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जानकारी दिए ।
करिब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन भन्दै मालपोत अधिकृत र वडा कार्यालयका अमिनले घुस लिँदै गर्दा पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले प्रमुख पौडेलका साथबाट रु १५ लाखको चेक र अमिनको साथबाट ५० हजार नगद बरामद गरेको छ ।
जग्गाको अशंबन्डा नभई प्लटिङ गर्न लागेको भन्दै सेवाग्राहीसँग कार्यालय प्रमुख र अमिनले घूस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए । घुससहित पक्राउ परेका दुवै जनामाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।






