महोत्तरीमा घरबाट बाहिर बोलाएर महिलाको हत्या

   १५ मंसिर २०७८, बुधबार १३:१९  

१५ मंसिर, रौतहट । घरबाट बाहिर बोलाएर महोत्तरीमा एक महिलाको हत्या गरिएको छ ।

जिल्लाको लोहारपट्टी नगरपालिका ६ लोहारपट्टी बजार नजिक बस्ने सुरेन्द्र मण्डलकी ३४ वर्षीया श्रमती रुबी मण्डललाई मंगलबार राति अज्ञात व्यक्तिले घरबाहिर बोलाएर धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मण्डलको आफ्नै घर नजिक अज्ञात समूहले रुबीको टाउकोसहित शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आर्चायले जानकारी दिए ।

आर्चायका अनुसार “हिजो राति घरमा बसिरहेका बेला अज्ञात व्यक्तिले घरबाट बाहिर रुबीलाई बोलाएर धारिलो हतियार प्रहार गरी हत्या गरेको मृतकका छोराले बताएका छन्” ।

घरबाट केही पर आज बिहान उनको शरिरको निभिन्न भागमा हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव फेला परेको खबर पाएलगतै खटिएको टोलीले मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा पठाएको छ ।

घटनाबारे आवश्यक थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकका पती सुरेन्द्र मण्डल वैदेशिक रोजगारको शिलशिलामा हाल भारतको पञ्जाब गएका छन् ।