अवैध सुनसहित सिरहाबाट दुई जना पक्राउ
१५ मंसिर, रौतहट । अवैध सुनसहित सिरहाबाट आज दुई जना पक्राउ परेका छन् ।
सिरहाको लहानबाट सप्तरी खडक नगरपालिका ११ का २५ वर्षीय तौहिद आलम र सप्तरीकै बोदेबसाइन नगरपालिका ६ बस्ने २५ वर्षीय मो. सामिम अख्तरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लहानको गस्ती टोलीले सवारी चेकजाँच गर्ने क्रममा स ८ प ६०७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको खानतलासी गर्दा आलमको साथबाट ५० ग्राम सुन र अख्तरको साथबाट नेपाली नगद ५४ हजार रुपैयाँसहित बरामद भएको प्रहरीले जानकारी दिए ।
उक्त सुनको बिल नभएका कारण पक्राउ परेका दुवै जनामाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।