मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

   १५ मंसिर २०७८, बुधबार १२:१४  

१५ मंसिर, रौतहट । मोटरसाइकल दुर्घटनामा परी धनुषामा आज बिहान एक युवकको मृत्यु भएको छ ।

जनकपुर–ढल्केबर खण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा कमला नगरपालिका ३ लगमाका २३ वर्षीय विजय मोरबैता यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट घर फर्किने क्रममा ज १२ प ५२२५ नको मोटरसाइकलमा दुर्घटना हुँदा चालक यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले धनुषाले जनाएको छ ।