भिनाजुको निर्घात कुटाइबाट एक महिला घाइते
१५ मंसिर, रौतहट । कैलालीमा भिनाजुको निर्घात कुटाईबाट एक महिला घाइते भएकी छिन् ।
गोदावरी नगरपालिका ५ गेटाकी २० बर्षिय मनसरा विकलाई उनकै भिनाजु ३० बर्षिय गौतम विकले निर्घात कुटपिट गरेका हुन् । आरोपी भिनाजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार घरायसी विवादका कारण दिदी भिनाजुबीच भइरहेको झगडा मिलाउन खोज्दा मनसरामाथि नै विकले हातपात गरेको थियो । निर्घाट कुटाईबाट घाइते भएकी मनसराको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेको आरोपीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।