ललितपुरमा एक युवतीले गरिन् आत्महत्या

   १५ मंसिर २०७८, बुधबार १०:४३  

१५ मंसिर, रौतहट । ललितपुरमा आज बिहान एक युवती पासो लगाई आत्महत्या गरेकी छिन् ।

ललितपुरको त्यागलस्थित भाडाको घरमा बस्दै आएकी २५ वर्षीया अनिशा भुजेलले बुधबार एकाबिहानै आत्महत्या गरेकी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार युवतीले छतमा पासो लगाएकी हुन् ।

काभ्रे घर भई हाल ललितपुरमा भुजेल आज बिहान ४ः३० बजेतिर पासो लगाएकी प्रहरीले जनाए । उनी छतको पाइपमा सलको पासो लगाई झुण्डिएको मृत फेला परेकी हुन् ।

हाल मृत्युको कारण खुल्लन सकेको छैन् । घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।