कोरोनामुक्त भए अमिताभ बच्चन
साउन १९, रौतहट ।
बलिउड अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन । उनले आफैं फेसबुकमार्फत आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन ।
बच्चनका अनुसार उनी अब केहीसमय आफ्नै घरमा आइसोलेसनमा रहनेछन । कोरोना संक्रमण देखिएपछि बच्चन मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए ।
उनीसँगै छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कोरोना देखिएको थियो । अहिले सबैजना संक्रमण मुक्त भएका छन ।






