एमालेको अध्यक्षमा पून: ओली निर्वाचित

   १४ मंसिर २०७८, मंगलवार १५:५०  

१४ मंसिर, रौतहट । चितवनको सौराहामा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा पुन: केपी शर्मा ओली विजय भएका छन् ।

अघिल्लो चार वर्षे कार्यकालका अध्यक्ष ओली पून: एमालेको अध्यक्षमा निर्वाचित भएका हुन् । आज भएको मतदानमा केपी शर्मा ओलीले १ हजार ८०८ मत पाएर विजय भएका हुन् ।

अध्यक्षमा उम्मेदवारी दर्ता गराएका भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए । निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।

यस्तै, १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले अध्यक्ष नबने केन्द्रीय सदस्यमा पनि नरहने घोषणा समेत गरेका थिए ।