अध्यक्षपदमा ओलीले ४०० मत पाए, रावलले ल्याए ४२ मत

   १४ मंसिर २०७८, मंगलवार १४:१७  

१४ मंसिर, रौतहट । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ ।

चितवनको सौराहामा जारी १०औं महाधिवेशनमा भएको मतदानमा प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ४०० मत ल्याउँदा भीम रावलले ४२ मत पाएका निर्वाचन आयोगले जनाएको छ ।

सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मतदान गरेका छन् ।

अध्यक्षमा ओली र भीम रावलले उम्मेदवारी दिएका छन् । अध्यक्ष ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

एमालेको निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएको छ ।