नाईट्राभेटसहित रौतहटमा दुई जना पक्राउ
१४ मंसिर, रौतहट । लागूऔषधसहित रौतहटबाट दुई जना पक्राउ परेका छन् ।
जिल्लाको गौर नगरपालिका १ टिकुलियाका २४ वर्षीय टिन्कु कुमार सिंह र सोही स्थानका १९ वर्षीय रोशन कुमार सहनीलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
लागूऔषध बोकेको भन्दैँ गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले अनिल मिट हाउस भित्र खाजा खादैँ गरेको अवस्थामा दुवै जनालाई हिरासतमा लिएको हो ।
सोमबार दिउँसो २ बजेतिर पक्राउ परेका उनीहरुको साथबाट २०० पत्ता लागु औषध नाईट्रोभेट र BR.05AL-4069 नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






