सिन्धुलीमा हार्डवेयर पसलमा आगलागी हुँदा विपी राजमार्ग अवरुद्ध
१४ मंसिर, रौतहट । सिन्धुलीको कमलामाई नगरपालिका स्थित हार्डवेयर पसलमा भीषण आगलागि भएको छ ।
कमलामाई नगरपालिका ६ रातमाटा घुम्तिमा रहेको शाह आइरन एण्ड इलेक्ट्रोनिक हार्डवेयर पसलमा आगलागि भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान ९ बजेदेखि सुरु भएको आगलागी हालसम्म नियन्त्रण हुन सकेको छैन् ।
हार्डवेयरको गोदामबाट सुरु भएको आगलागी नियनत्रणमा लिनलाई दमकल, नेपाली सेना, प्रहरी र स्थानियको सामुहिक प्रयास गरेपनि हालसम्म नियन्त्रण हुन सकेको छैन । आगोलागि भएसङ्गै मनिसको वाक्लो उपस्थितीले विपी राजमार्ग पनि अवरुद्ध भएको छ ।
राजमार्गमा संचालन हुने कुनै पनि यातायातका साधन चल्न सकेको छैन । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।