कोटेश्वरबाट ५ जुवाडे पक्राउ

   १४ मंसिर २०७८, मंगलवार १२:१६  

१४ मंसिर, रौतहट । काठमाडौँको कोटेश्वरबाट ५ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा तास खेलिरहेको अवस्थामा साढे ६ लाख रुपैयाँसहित ५ जनालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले कार्कीको घरमा जुवा खेलिरहेको ठाउँमा छापा मारेर उनीहरुलाई नगदसहित नियन्त्रणमा लिएको हो ।

जुवाखालबाट २० बुक ताससहित ६ लाख ५८ हजार ३ सय रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।