महिला हिंसा अभियानकै बेला दुई युवती बलात्कृत
१४ मंसिर, रौतहट । महिला हिंसा विरुद्ध १६ दिने अभियान चलिरहेको बेला दुई बालिका बलात्कृत भएकी छिन् ।
पर्साको वीरगञ्ज महानगरपालिकामा १७ वर्षीया युवती र जिराभवानी गाउँपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी घटना सार्वजनिक भएको छ ।
जबरजस्ती करणी आरोपमा दुई जनालाई हिरासतमा लिएको पर्साका प्रहरी प्रवक्ता नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
खनालका अनुसार १७ वर्षीया किशोरी बलात्कारको आरोपमा वीरगञ्ज ७ रामटोल बस्ने २१ वर्षीय बिक्रम पटेल कुर्मीलाई नियन्त्रणमा लिएको हो ।
यस्तै, १४ वर्षीया बालिका करणी गरेको भन्दैँ जिराभवानी गाउँपालिका वडा नम्बर २ बस्ने २० वर्षीय प्रभु साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
हिरासतमा रहेका दुवै आरोपीमाथि घटनाबारे आवश्यक अनुसन्धान जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।






