चितवनमा एमालेको मतदान सकियो

   १४ मंसिर २०७८, मंगलवार ११:२४  

१४ मंसिर, रौतहट । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनमा भइरहेको मतदान सकिएको छ ।

चितवनको सौराहामा जारी बन्दसत्रमा करिब २ हजार ८० मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । आज बिहान ४ बजेदेखि सुरु भएको मतदान समयमा नसकिएकोले आधा घण्टामा समय समेत थपिएको थियो ।

तर, मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ । ‘२ हजार १५३ प्रतिनिधिमध्ये २ हजार ८० भन्दा बढी मत खसेको छ’ निर्वाचन समितिका एक सदस्यले जनाएका छन् ।

एमालेको निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा छ ।