संक्रमित प्रधानन्यायाधीश जबराको स्वास्थ्य अवस्था सामान्य

   १४ मंसिर २०७८, मंगलवार १०:४२  

१४ मंसिर, रौतहट । उपचाररत प्रधानन्यायाधीश चोलेन्द्रशमशेर बजराको स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसंगै जबरा उपचारको लागि सोमबार साँझ सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका प्रमुख एसएसपी डा. रूपक महर्जनका अनुसार जबराको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको छ । उपचाररत प्रधानन्यायाधीश जबरालाई कोरोनाविरुद्धका औषधी चलाउन थालिएको महर्जनले जनाए ।