आज थप २५९ जनामा कोरोना पुष्टि, एकको मृत्यु

   १३ मंसिर २०७८, सोमबार १६:४९  

१३ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ९ हजार ८ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २ सय ५९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, यो अवधिमा थप २ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, बितेको २४ घण्टामा कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा ६ हजार ९ सय ४४ कोरोना संक्रमित उपचाररत रहेका छन् ।