कालीकोटमा मिनिट्रक दुर्घटना हुदाँ एकको मुत्यु, तीन घाइते

   १३ मंसिर २०७८, सोमबार १६:४०  

१३ मंसिर, रौतहट । कालीकोटमा मिनिट्रक दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ ।

जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर १ निलाखामा मिनिट्रक दुर्घटना हुँदा सोही गाउँपालिका बस्ने ६५ वर्षीय जयबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लालिघाट देखि निर्माणाधीन सुनथराली विमानस्थलको सामान बोकेर गएको बा.५ ख.८६४३ नम्बरको मिनिट्रक आज दुर्घटना हुँदा सोही गाउँका मिनिट्रकका मालिक नेत्रबहादुर बिष्ट गम्भीर घाईते भएका छन् ।

गम्भीर घाईते भएका नेत्रबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल कालिकोटमा ल्याएपनि सो अस्पतालमा उपचार सम्भव नहुदा उनलाई हेलिकप्टरबाट सुर्खेत पठाईको छ ।

चालक र सहचालकलाई सामान्य चोट लागेको कारण स्थानिय अस्पतालमा उपचार भईरहेको प्रमुख जिल्ला अधिकारी किष्ण प्रसाद आचार्यले जानकारी दिए ।