आज पनि ओली–प्रचण्ड बीच छलफल जारी

   १९ श्रावण २०७७, सोमबार १२:००  

साउन १९, रौतहट । आज बालुवाटारमा बिहान सवा ९ बजेबाट सुरु भएको वार्तामा दुवै नेताले आ–आफ्ना तर्फबाट नेता झलनाथ खनाल र सुवास नेम्वाङलाई पनि सहभागी गराएका थिए । केही दिन अवरुद्ध भएर आइतबारबाट सुरु भएको दुई नेताबीचको सोमबारको संवादमा पनि कुनै ठोस सहमति हुन नसकेको हो ।

‘सुरुमा जनैपूर्णिमाको शुभकामना साटासाट भयो । त्यसपछि विषयवस्तुमा प्रवेश भएपनि कुनै सहमति हुन सकेन’ ओली प्रचण्डसँगको वार्तामा सहभागी एक नेताले भने, ‘वार्ताको निरन्तरता मात्रै भयो । अरु केही प्रगति भएन ।’

खनाल र नेम्वाङ दुवैजना आइतवारको वार्तामा पनि सहभागी थिए ।

त्यस्तै प्रचण्ड निकटकै नेताहरुले पनि ओलीले स्वेच्छाले राजिनामा नदिएको अवस्थामा महाधिवेशनमै जानु उपयुक्त हुने भन्दै पार्टी बिभाजन हुने गरी समीकरण बनाएर ओली हटाउनेतर्फ नलाग्न दबाव दिएका छन् । अध्यक्ष प्रचण्ड अर्कोतिर माधव नेपाल पक्षको पनि दबावमा छन् ।

साउन १३ गते निर्धारित स्थायी समिति बैठक पहिलो बरियताका अध्यक्ष केपी ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि नेकपा विवाद नयाँ मोडमा पुगेको थियो । सोही दिन प्रचण्डको अध्यक्षमा प्रचण्ड–माधव पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक बालुवाटारमा बसेको थियो ।