घरबाट चोरिएको मोटरसाइकलसहित एक जना पक्राउ
१३ मंसिर, रौतहट । चोरिएको मोटरसाइकलसहित बाराबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार मध्यराति करिब १२:३० बजेतिर घरबाटै मोटरसाइकल चोरी गरेको आरोपमा बाराको कोहल्वी नगरपालिका वडा नम्बर ६ बस्ने २० वर्षीय श्यामबाबु चौधरीलाई आज बिहान नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
चौधरीले २२० सिसिको पल्सर मोटरसाइकल जीतपर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित बकुलिया रोड बस्ने जोखन पण्डितको घरबाट चोरी गरेका थिए ।
चोरी भएको १२ घण्टा नबित्दै मोटरसाइकलसहित आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चोरिएको मोटरसाइकलसहित जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ स्थित आमाटार भन्ने स्थानबाट उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।