सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन जनाको अवस्था गम्भीर
१३ मंसिर, रौतहट । कैलालीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका १ बेलकोटमा से ६ प ६९० नम्बरको मोटरसाइकल र से ६ प ९२३५ नम्बरको स्कुटर एकआपसमा ठोक्किदाँ दुर्घटना भएको हो ।
दुर्घटनामा परी घोडाघोडी १ बस्ने अन्दाजी २० वर्षीय रुद्र बोहराको मृत्यु भएको छ । घाइते बोहराको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परेर सोही ठाउँका ३२ वर्षीय लक्ष्मीराम चौधरी, ३० वर्षीया सुमिता चौधरी र १८ वर्षीय सन्जु शाही रहेको जिल्ला प्रहरी कार्यलय कैलाली जनाएको छ ।
घाइतेमध्ये दुई जनालाई मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






