आज थपिए १५८ संक्रमित, ३४२ कोरोनामुक्त

   १२ मंसिर २०७८, आईतवार १५:३४  

१२ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५८ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ८ हजार ९ सय १८ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ सय ५८ जनामा संक्रमण देखिएको छ ।

यस्तै, विगत २४ घण्टामा थप ३ सय ४२ जनाले कोरोना जितेर डिस्चार्ज भएसंगै हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ८ लाख २ हजार ३ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । यससहित हालसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या ११ हजार ५ सय २३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ६ हजार ९ सय ६६ कोरोना संक्रमित उपचाररत रहेका हुन् ।