एकै परिवारका तीन जना झुडिएको अवस्थामा फेला

   १२ मंसिर २०७८, आईतवार १४:३५  

१२ मंसिर, रौतहट । सर्लाहीमा आज बिहान एकै परिवारका तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्लाको बरहथवा नगरपालिका १ मा आइतबार बिहान आमासहित उनका छोराछोरीको समेत शव भेटिएको सर्लाहीका प्रहरी प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीका अनुसार हजरियाका शिव हजारीकी अन्दाजी २५ वर्षीया श्रीमती कविता हजारी पासवान, ८ वर्षीया छोरी सुलोनी पासवान र ५ वर्षीय छोरा स्वागत पासवान मृत अवस्थामा फेला परेका हुन् ।

घरभित्रै आमासँगै छोराछोरी पनि झुडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।

मृतक कविताकी श्रीमात् शिव हजारी विगत ४ वर्षदेखि वैदेशिक रोजगारीका लागि मलेसियामै रहेका छन् । हाल घटनाको कारण खुल्न नसकेको र यसबारेमा थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सर्लाले जनाएको छ ।