निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा

   १२ मंसिर २०७८, आईतवार १४:०८  

१२ मंसिर, रौतहट । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मुखमा निर्वाचन समितिका संयोजक फेरिएका छन् ।

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले दिएको राजीनामा सभापति शेरबहादुर देउवाले स्वीकार गरेका हुन् । यादवले राजीनामा दिएपछि उनको ठाउँमा अर्का अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनयन गरिएको छ ।

समितिमा रहेर काम गर्ने नसकेको भन्दैँ राजीनामा दिएका छन् । काँग्रेसको १४ औँ महाअधिवेशन गराउन नसक्ने भन्दैँ यादवले पटक पटक पदबाट राजीनामा दिँदै आएका थिए ।

यादवले राजीनामा दिएपछि समितिको संयोजकको जिम्मेवारी पाएका घिमिरे निर्वाचन समितिकै सदस्य रहेका स्रोतले जनाएको छ । स्रोतका अनुसार यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन हुने छ ।

हाल नेपाली काँग्रेसको जिल्ला अधिवेशन चलिरहेको छ ।