कैलालीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

   १२ मंसिर २०७८, आईतवार ११:२१  

१२ मंसिर, रौतहट । कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु हुँदा स्थानीय पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका घोडाघोडी नगरपालिका १ बेलारका ५० वर्षीय बसन्तराज शर्माको उपचारकै क्रममा मृत्यु भएको छ ।

पूर्वपश्चिम रार्जमार्ग अन्तरगत घोडाघोडी नगरपालिका-डोकेबजार नजिकै सुपप्र ०१-००८ प ५४७५ को मोटरसाइकलाई पश्चिमबाट पूर्व गइरहेको लु१ख ४६६६ को ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको उपचारकै क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मृतकका आफन्त र स्थानीयले घोडाघोडी नगरपालिकाको पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको मागसहित टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

आइतबार बिहानैदेखि हालसम्म सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएपनि फरार भएको चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।