सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

   ११ मंसिर २०७८, शनिबार १०:५७  

११ मंसिर, रौतहट । भक्तपुरमा सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्श चोकमा शुक्रबार गएराति टिपरको ठक्करबाट धनकुटा घर भइ ललितपुरको कुसुन्ती बस्दै आएका २४ वर्षीय असिम लिम्बुको मृत्यु प्रहरीले जनाएको छ ।

बा ३ ख ५४२३ नम्बरको टिपरले बा ५७ प ३११३ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, सोही स्कुटरको पछाडि सबार ललितपुर पाटन बस्ने २६ वर्षीय सन्दीप महर्जन गम्भीर घाइते भएका छन् । घाइते महर्जनको उपचार भइरहेको छ ।

ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।