मामाको हत्या आरोपमा भान्जा पक्राउ
१० मंसिर, रौतहट । आफ्नै मामाको हत्या आरोपमा काठमाडौँबाट भान्जा पक्राउ परेका छन् ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका ५ बस्ने ३१ वर्षीय राजु पुलामी मगरको हत्या अभियोगमा उनकै भान्जा १९ वर्षीय मिलन लुङगेनी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सामान्य विवाद हुँदा मङ्सिर ८ गते लुङगेनीले सँगै बस्ने मगरलाई कुटपिट गरेका थिए । कुटपिट पछि घाइते भएका उनको उपचारकै क्रममा आज मृत्यु भएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले जानकारी दिए ।
आरोपी लुङगेनीलाई धादिङको थाक्रेबाट पक्राउ गरिएको छ । पक्राउ परेको आरोपीमाथि यसबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।