हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
१० मंसिर, रौतहट । जंगली हात्तीको आक्रमणबाट एक मजदुरको मृत्यु भएको छ ।
चिया टिप्दै गरेको बेला जंगली हात्तीले गरेको आक्रमणबाट आज भद्रपुर नगरपालिका ९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर)को मृतयु भएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान ६ः३० बजे मेचीनगर नगरपालिका १४ शनिबारेस्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा हात्तीले आक्रमण गर्दा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।