एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह सुरु
१० मंसिर, रौतहट । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह चितवनमा सुरु भएको छ ।
चितवनको नारायणी नदी किनारमा उदघाटन समारोहलाई एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सम्बोधन गरिरहेका छन् । एमालेका अन्य नेताहरु तथा पाहुनाहरू मञ्चमा आसिन रहेका स्रोतले जनाएको छ ।

एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उदघाट्न समारोहलाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका साथै ६ नेताहरुले सम्बोधन गर्ने टुंगो लागेको छ ।
महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्न आज प्रधानमन्त्री तथा काँग्रेसको सभापति शेरबहादुर देउवा समेत चितवन पुगेका हुन् ।
एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा शुक्रवार आयोजक समितिसहित २ हजार ३०० भन्दा बढी प्रतिनिधि सहभागि भएको स्रोतले जनाएको
छ ।







