मनकामना मन्दिरका पुजारीको निधन
१० मंसिर, रौतहट । गोरखाको मनकामना मन्दिरका पुजारीको हृदयघातबाट मृत्यु भएको छ ।
प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा हरेक वर्षमा दुईपटक लाग्ने पर्व पूजाका लागि आएका काठमाडौँ महानगरपालिका ४ बल्खु का रत्नराज बज्राचार्यको हृदयघातबाट बिहीबार गएराति निधन भएको हो ।
मनकामनाका स्थानीयवासी दिनेश जोसीका अनुसार मनकामनाको एक होटलमा बसेका पुजारी बज्राचार्यको हिजो गएराति १० बजेतिर स्वास्थ्यमा केही समस्या आएको थियो ।
स्वास्थ्यमा समस्या आएको केही क्षणमा पुजारीको मृत्यु भएको जोसीले बताए । मनकामना मन्दिरका पुजारीको हृदयघातबाट मृत्यु भएको जानकारी पाएलगत्तै प्रहरीको टोली अनुसन्धानका लागि होटलमा पुगेको पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।






