कैलालीमा आज हुने कांग्रेसको जिल्ला अधिवेशन स्थगित
१० मंसिर, रौतहट । कैलालीमा मंसिर १० गते हुने नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित भएको छ । जिल्ला अधिवेशनको मिति आज तय भएपनि पूर्ण तयारी नभएकाले प्रदेश अधिवेशन सारिएको छ ।
जिल्ला प्रचारप्रसार समितिका संयोजक नृप सुनारले व्यवस्थापकीय रुपले प्रदेश अधिवेशनको तयारी गर्नुपर्ने भएकाले केन्द्रीय निर्वाचन समितिको अनुमतिमा जिल्ला अधिवेशन सार्ने निर्णय भएको जानकारी दिए ।
कांग्रेसका सभापति शेरबहादुर देउवा निकटका नृपबहादुर वड, वहालवाला जिल्ला सभापति नरनारायण शाह मनु, नारायण भट्ट, भीम बडुवाल, प्रकाश वम, खेम चौधरी र गणेश देउवा प्रतिष्पर्धामा छन् ।
प्रदेश र केन्द्रको महाधिवेशन पार्टीका लागि महत्वपूर्ण भएका कारण र समय अपूर्ण भएकाले अधिवेशन सारिएको सुनारले बताए ।






