जनकपुरमा सोमबार देखि एक सातासम्मका लागि निषेधाज्ञा
१८ साउन, रौतहट । कोरोना संक्रमण नियन्त्रण गर्न सोमबार राति देखी जनकपुरमा निशेधाज्ञा जारी गरिएको छ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकामा सोमबार रातिदेखि लागू हुने गरी एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाएको छ ।
जिल्ला प्रशाासन कार्यालयमा आइतवार बसेको बैठकले जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर नजिकको औरही पुलसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको समयमा अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ ९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा लगाउने निर्णय भएको उनले बताए ।
प्रदेश २ का विभिन्न जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण बढन थाले पछि बीरगंज, राजविराज र जलेश्वरमा यसअघि नै निषेधाज्ञा जारी भइसेकेको छ ।