एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा
१० मंसिर, रौतहट । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको आज एक समारोहबीच चितवनमा उद्घाटन हुँदैछ ।
सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा शुक्रवार आयोजक समितिसहित २ हजार ३०० भन्दा बढी प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाउने नेताहरूले बताएका छन् ।
चितवनको नारायणी नदी किनारमा उद्घाटन हुने दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागि हुनका लागि अधिकांश जिल्लाबाट प्रतिनिधिहरू पुगिसकेको बताइएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विभाजनपछि पहिलोपटक हुन लागेको उक्त महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।