रौतहटमा एक युवतीले गरिन्; आत्महत्या
१० मंसिर, रौतहट । रौतहटमा एक किशोरीले पासो लगाई आत्महत्या गरेकी छिन् ।
जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ५ सन्तपुरकी २० वर्षीया माला कुमारी जयसवालले आत्महत्या गरेकी प्रहरीले जनाएको छ । मालाले आफ्नै घरमा पासो लगाई आत्महत्या गरेकी ईलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ ।
प्रहरीका अनुसार सन्तपुलका सर्वजीत जयसवालकी अविवाहित छोरी मालाले बिहीबार बिहान ७:४५ बजेतिर आफ्नै घरको सिलिङ पंखामा पासो लगाई आत्महत्या गरेकी गोप्य सूचना पाएलग्तै ईलाका प्रहरी कार्यालय बिजयपुरबाट खटिएको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक विश्नु विश्वकर्माले जानकारी दिए ।
मृतक युवतीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाएको प्रहरीले जनाएको छ । हाल आत्महत्याको कारण खुल्लन नसकेको र यसबारे थप आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।