कैलालीको सिद्धार्थ होटलबाट २ थान पेस्तोल बरामद

   ९ मंसिर २०७८, बिहीबार १४:५५  

९ मंसिर, रौतहट । कैलालीको होटलबाट दुई थान पेस्तोल प्रहरीले बरामद गरेको छ ।

जिल्लाको टिकापुर नगरपालिका १ स्थित सिद्धार्थ होटलको ३०१ नम्बरको कोठाबाट २ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ७ राउन्ड गोली बुधबार दिउँसो नै बरामद भएको प्रहरीले जनाएको छ ।

अवैध हतियारको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले होटलको कोठा खानतलासी गर्ने क्रममा शौचालयको कमडको पछाडी खाली भागभित्र लुकाईछिपाई राखेको अवस्थामा उक्त हतियार बरामद गरेको थियो ।

यसबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।