ट्रकको ठक्करबाट कैलालीमा महिलाको मृत्यु

   ९ मंसिर २०७८, बिहीबार १३:३७  

९ मंसिर, रौतहट । ट्रकले किचेर कैलालीमा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको लम्की नगरपालिका १ मा आज बिहान ट्रकले किच्दाँ अन्दाजी ५० वर्षीय महिलाको घटनास्थलै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान करिब ११:५० बजे लम्कीचुहा नगरपालिका १ पेट्रोल पम्प नजिकै ना२ख ९३७० नम्बरको ट्रकले किच्दा मृत्यु भएको महिला हाल परिचय खुल्न सकेको छैन् ।

ठक्कर दिन ट्रक चालक नवलपासीका राजकुमार चौधरीलाई पक्राउ गरी यसबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।