सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै

   ९ मंसिर २०७८, बिहीबार ११:५६  

९ मंसिर, रौतहट । सर्वाेच्च अदालतमा गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने विषयमा आज पूर्ण बैठक बस्ने भएको छ ।

आज पूर्ण बैठक बस्नुअघि नेपाल बार एसोसिएशनका प्रतिनिधिसंग अगामी दिनमा मिलेर कसरी अगाडि बढ्ने विषयमा छलफल गर्ने तयारीमा समेत रहेका छन् ।

आजको बैठकले आउँदो बुधवारदेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्ने सम्भावना छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सर्वोच्च अदालतका १९ जना न्यायाधीशको गएको २ गतेको पूर्ण बैठकले गोला प्रक्रियासहित नियमावली पास गर्ने निर्णय गरेको थियो ।

गोला प्रक्रियासहित नियमावली पास गर्ने निर्णय राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।