बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु
९ मंसिर, रौतहट । बोलेरोको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको राप्ती नगरपालिका–२, श्रीदेवीचोकमा बोलेरो जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर ज्यान गुमाउनेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ निवासी ४५ वर्षीय रघुनाथ श्रेष्ठ रहेको ईलाका प्रहरी कार्यालय भन्डाराले जानकारी दिए ।
चितवनको भन्डाराबाट लोथरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३ ००१ च १२७५ नम्बरको बोलेरो जीपले बुधबार बेलुका करिब सवा ७ बजेतिर श्रेष्ठलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएको उनलाई उपचारका लागि कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा ल्याएपनि उपचारकै क्रममा मृतयु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात् भाग्न सफल भएको जिप चालकको भइरहेको प्रहरीले जनाएको छ ।