नेपालमा थपिए ३३२ संक्रमित, २३२ जना कोरोनामुक्त

   ८ मंसिर २०७८, बुधबार १६:४९  

८ मंसिर, रौतहट । नेपालमम पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी ३३२ जनामा संक्रमण देखिएको छ । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ४ सय १ पुगेको छ ।

त्यसैगरी, बितेको २४ घण्टामा थप २ सय ३२ जनाले कोरोना जितेसंगै देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ८ लाख १ हजार १ सय २२ पुगेको छ ।

यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका करण यो अवधिमा थप ४ जनाले ज्यान गुमाएका छन् । यससहित हालसम्म नेपालमा कोभिड १९ को संक्रमणबाट ११ हजार ५ सय १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा ७ हजार ३ सय ६९ जना उपचाररत कोरोना संक्रमित हुन् ।