सवारी दुर्घटना हुँदा सर्लाहीमा दुई जनाको मृत्यु

   ८ मंसिर २०७८, बुधबार १४:०५  

८ मंसिर, रौतहट । सर्लाहीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाटा सुमो र मोटरसाइकल एकआपसमा ठोकिदाँ हरिवन नगरपालिका ७ का २५ वर्षीय मोटरसाइकल चालक देव मोक्तान र पछाडि सवार भएको २३ वर्षीय मिलन ब्लोनको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीका अनुसार बागमती नगरपालिका-१० केराबारीमा कर्मैयाबाट बरहथवातर्फ जाँदै गरेको बीआर ०५पीए ७१९९ नम्बरको टाटा सुमोले सोही विपरीत दिशाबाट जाँदै गरेको ज १२ प ९९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।

ठक्कर दिने सुमोसहित चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बरहथवामा घटनाबारे अनुसन्धान भइरहेको छ ।