लोकाहा खोलाको पुलबाट खसेर एक साइकलयात्रीको मृत्यु
८ मंसिर, रौतहट । नवलपरासीको पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर एक साइकलयात्रीको मृत्यु भएको छ ।
पुलबाट खसेर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षीय नरबहादुर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बर्दघाट–सुस्तापूर्वको कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर कुमालको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
गिरीका अनुसार मंगलबार साइकल चढेर कावासोतीतर्फ आउँदै गरेको अवस्थामा अचानक साइकलसहित उनी खोलामा खसेका थिए । खेलाम खसेको उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पतालमा पठाएको थियो ।
अस्पतालमा कुमालको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।






