नेपालमा थपिए ३५१ संक्रमित, ९ को मृत्यु

   ७ मंसिर २०७८, मंगलवार १६:४७  

७ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ५१ जनामा कोरोना भइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १० हजार १ सय ७४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ५१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, बितेको २४ घण्टामा २ सय ७३ जनाले कोरोना जितेसंगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेहरुको कुल संख्या ८ लाख ८ सय ९० पुगेको छ ।

यसैबीच, कोरोना भाईरस (कोभिड १९)को संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म देशभर कोरोनाका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ११ हजार ५ सय ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ७ हजार ३ सय कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।