सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घट्यो
७ मंसिर, रौतहट । साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ घटेर आज तोलामा ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, मंगलबार तेजावी सुनको कारोबार प्रतितोला मूल्य ९१ हजार ८ सय रुपैयाँमा भइरहेको छ । यसअघि, सोमबार तेजावी सुनको बिक्री तोलामा ९३ हजार ४ सय रुपैयाँमा भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार तोलामा १५ रुपैयाँले घटेर चाँदीको भाउ १ हजार २ सय ५५ रुपैयाँ कायम भएको छ ।
हिजो चाँदीको कारोबार प्रतितोलमा १ हजार २ सय ७० रुपैयाँमा भएको थियो ।