आफ्नै छोराछोरीमाथि बाबुले गरे एसिड प्रहार

   ७ मंसिर २०७८, मंगलवार ११:४८  

७ मंसिर, रौतहट । सोलुखुम्बुमा आफ्नै बाबुले गरेको एसिड प्रहारबाट छोराछोरी घाइते भएका छन् ।

जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ५ वसन्त बजार बस्ने ५५ वर्षीय मोहन बराइलीले गरेको एसिड प्रहारबाट छोराछोरी घाइते भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

मदिरा सेवन गरेर सोमबार राति ८:४० बजेतिर मोहनले गरेको एसिड प्रहारबाट २५ वर्षीय छोरा र १६ वर्षीया छोरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल फाप्लुमा भर्ना गरिएको छ । छोरीको अवस्था समान्य रहेपनि छोराको स्वास्थ्य अवस्था गम्भीर रहेको ढकालले जनाएको छ ।

एसिड प्रहार गर्ने बराईलीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।