नेपालमा थपिए ३८५ संक्रमित, २५८ कोरोनामुक्त
६ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८५ जना कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ९ हजार ९ सय २१ जनाको पीसीआर परीक्षण र २ हजार ७ सय ७६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा जम्मा ३ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म नेपालमा संक्रमितको कुल संख्या ८ लाख १९ हजार ३८६ जना पुगेको छ ।
यस्तै, बितेको २४ घण्टामा थप २ सय ५८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यससहित हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ८ लाख १७ हजार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण यो अवधिमा थप ४ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ११ हजार ५ सय पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ७ हजार २ सय ६९ कोरोना संक्रमित उपचाररत छन् ।